-Suresh Bhattarai
.
.
.
.
पातलो कापी पट्याई
पछाडी खल्तिमा कोचेर
भित्र सिट हुंदा हुंदै
बसको ढोकामै झुुण्डेर
कलेज पुग्नुको, साथी हो
मजै बेग्लै, मजै बेग्ल, मजै बेग्लैै
सकि कक्षा वा बिचैमा
उनी भन्दा अघि वा पछिपछि
उनको संख्या अनुपातमा
बटुली साथी वा एक्लै
लुखुर लुखर हिंडनु
उनको घर खुट्याउन
मजै बेग्लै, मजै बेग्लै, मजै बेग्लै
रिसाए झैं गरि तर बनाबटी
छिन छिनमा मुण्टो फर्काको
आखांमा थोरै रिस–ककटेल
ओठमा मुस्कान मिसाएको
ओहोअहिले सम्झंदा पनि
मजै बेग्लै, मजै बेग्लै, मजै बेग्ल
किताब भित्रको लभ लेटर
बस कुरेर बस्या बेला
वा एकान्त त्यो कक्षामा
अनि टेम्पोको संगै सिटमा
थरथरी हात कमाएर
सुटुक्क लिंदा दिंदाको
मजै बेग्लै, मजै बेग्लै, मजै बेग्लै
उनले दिएको पासपोर्ट साईजको फोटो
हिंडनु पर्स वा वालेटमा हालेर
अनि हेर्नु एकान्तको समय पारेर
बेला बेला जतनसाथ झिक्दै
मजै बेग्लै, मजै बेग्लै, , मजै बेग्लै
उनी हिंडने बाटोको रुख रुखमा
उनको र मेरो नामको ईनिसियल
खोप्दै हिंडन र लुकी बस्नु
हेर्न उनको मिठो प्रतिक्रृया
मजै बेग्लै, मजै बेग्लै, मजै बेग्लै
फागुपुर्णिमा आउन’ हप्र्तौ अगाडि नै
उनी आउनेबाटो ढुकेर
लोला हानी निथ्रुक्क पार्न उनलाई
अनि फागुको दिन पहिले नै
रातै भैसकेको उनको गालामा
प्रेमपैर्वक अबिर दलिरहनुको
मजै बेग्लै मजै बेग्लै मजै बेग्लै
© 2020 All Rights Reserved